Blogger Templates

हामीले जनतालाई जवाफ दिनै पर्छ – ओनसरी घर्ती

 

पार्टीले निर्णय गरेर सरकारमा मन्त्रीहरु पठायो तर तपाईहरु ३३ प्रतिशत भएन भनि आन्दोलनमा उत्रिनु भयो, यो पार्टी निणर्य विपरित भएन र ?

हाम्रो पार्टीको नीति सही हुँदा हुँदै पनि प्रतिनिधित्वको सवाल कमी भएको कुरा हामीले स्वीकार गरीसकेका छौँ । हुनत पार्टीले नियतवस महिलाहरुको प्रतिनिधित्वलाई पुरै वेवास्ता गरेको त होईन । तर गर्दै जाँदा पार्टी भित्रको समस्याका कारण महिला प्रतिनिधित्वमा कमी आएको हो र त्यसलाई पुरा गर्छौ र पुरा हुनु पर्छ भन्ने केन्दि्रय कमिटिको आत्मालोचना सहितको निर्णय पहिले नै भईसकेको छ । अहिले केन्द्रीय समितिको बैठकले पनि यो कुरालाई स्वीकार गरिसकेको छ र यसको समाधान गर्नका लागि महिलाहरुको प्रतिनिधित्वलाई ग्यारेन्टी गर्नेछ ।
कतै महिलाहरुले नबुझेर हामीलाई जसरी भए पनि ३३ प्रतिशत चाहिन्छ भनिरहेको होईन र ?
त्यसो होइन, यो सवाल बिल्कुलै गलत छ । हामीले नबुझेर भन्दा पनि पार्टी भित्र एउटा समस्या आयो । अन्तिम चरणमा निर्णयहरु गर्दा पार्टीले जुन तरिकाले सोच्यो त्यही अनुरुप निश्कर्ष निस्कन सकेन, त्यो दुर्भाग्य हो । हामी महिला कमरेडहरु अस्पस्ट भएर पार्टीको समस्या नबुझेको होईन । पार्टी भित्रका हरेक गुट उपगुट भित्र महिलाहरुलाई हेर्ने दृष्टीकोण जुन छ त्यो पुरुषवादी रह्यो भन्ने हाम्रो निश्कर्ष हो र हामीले त्यसको विरुद्धमा आवाज उठाएका मात्र हौं ।
एउटा पक्षबाट हस्ताक्षर अभियान देखि लिएर पार्टीको पद्धति र प्रकृया विपरित संसदीय दल काङ्ग्रेस जस्तो गरेर भिन्न विश्लेषण गर्ने वर्गको रुपमा देखिन पुग्यो । यो कम्युनिष्ट सिद्धान्तमा पर्दैन र लेलिनवादी वा भनौ मार्क्सवादी सिद्धान्त भित्र पनि पर्दैन । हामी सबैले आवाज उठाएका छौ कि, एउटा पक्षले यो प्रकृया अपनायो त्यो गलत छ । त्यो कुरा हामीले पर्टीमा पनि उठाका छौँ  र ३२ जना महिला सभासदले त्यो प्रकृयाको बिरुद्धमा एउटा वक्तव्य नै निकालेका छौँ
क्रान्तिकारीहरुले संसदीय पारामा हस्ताक्षर अभियानपनि चलाउनु भो अनि आफ्नो माग पुरा गर्नको लागि अब के गर्नुहुन्छ त ?
एउटा पक्षबाट हस्ताक्षर अभियान देखि लिएर पार्टीको पद्धति र प्रकृया विपरित संसदीय दल काङ्ग्रेस जस्तो गरेर भिन्न विश्लेषण गर्ने वर्गको रुपमा देखिन पुग्यो । यो कम्युनिष्ट सिद्धान्तमा पर्दैन र लेलिनवादी वा भनौ मार्क्सवादी सिद्धान्त भित्र पनि पर्दैन । हामी सबैले आवाज उठाएका छौ कि, एउटा पक्षले यो प्रकृया अपनायो त्यो गलत छ । त्यो कुरा हामीले पर्टीमा पनि उठाका छौँ  र ३२ जना महिला सभासदले त्यो प्रकृयाको बिरुद्धमा एउटा वक्तव्य नै निकालेका छौँ
। कम्युनिष्ट पाटी भित्र त्यो शैली ठीक नभएकाले नै हामीले बिरोध गरेका हौा । विषय वस्तुका हिसावले, समावेशी र पूर्ण समानुपातिक एजेण्डा पार्टी र महिलाको पनि एजेण्डा हो, त्यो हुनै पर्छ ।
हामीले सिद्दान्तमा जे कुरा बोल्छौ त्यो व्यबहारमा लागु हुनै पर्छ । माओवादी जस्तो कम्युनिष्ट पार्टी अर्थात हिजो आज हामीले विश्लेषण गर्छौ, हिजो देखि युद्द हााकेर आएको पार्टीले पक्कै पनि जे बोल्छ त्यही गर्छ भन्ने स्थिति छ । तपाईहरु हेर्दै जानुस एक हप्ताभित्र हामीहरु केन्दि्रय समिकिो बैठक बसेर पूर्ण समानुपातिक सहितको सरकार निर्माण गर्नेछौा । यसको निक्यौल केन्दि्रय समितिले गर्ने छ ।
अहिले माओवादीले पठाएका मन्त्रीहरुलाई फिर्ता बोलाउने र नयाँ पठाउने भन्ने चर्चा पनि छ । त्यो कसरी संभव छ ?
त्यसका लागि गृहकार्य भईरहेको छ । नीतिगत रुपमा पूर्ण समानुपातिक र समावेशी हुनु पर्छ भन्ने कुरामा नेतृत्वहरु एकमत हुनुहुन्छ र उहाँहरुले उचित प्रकारको प्रतिनिधित्व यो देशलाई दिनु पर्छ भन्ने कुरामा प्रतिवद्ध हुनुहुन्छ । माओवादीले जे बोल्छ त्यही गर्छ भन्ने कुरामा हामी स्थपित गर्नेछौ ।
कार्यविभाजन लगायत धेरै विषयहरुमा यहााहरुको पार्टी भित्र अन्तर बिरोध र असमझदारीहरु छन् । सरकारमा पठाउने नयाा मन्त्रीको नामावलीको विषयमा चाँही नेताहरु एकमत भएछन् ?
त्यो मात्रै होईन, सम्पूर्ण विषय तथा कार्यदिशाका बारेमा हाम्रो पार्टी भित्र छलफल भईरहेको छ । जनताले माओवादीसंग दुईवटा एजेण्डाका बारे के निर्णय गर्दछ भनेर हेरीरहेका छन् । त्यो हो शान्ति र संबिधान । यस विषयमा हामीले जनतालाई उचित जवाफ दिनै पर्छ । जनतालाई जवाफ दिनका लागि हामीले पार्टी संगठनको कार्यविभाजन अन्र्तगत एउटा अंश सरकारमा उपस्थित हुने कुरालाई हामीले वैज्ञानिक ढङ्गले विभाजन गर्नेछौँ । साथै माओवादी पार्टी जनताको पार्टी हो र त्यसले जनताको मुद्धालाई उठाएर अघि बढ्नेछ । एकताबद्ध भएर अध्यक्ष प्रचण्डको नेतृत्वमा माओवादी पार्टी आफ्नो लक्ष्य प्राप्तिमा सफल रहनेछ । यो कुरामा संम्पूर्ण जनतालई विस्वस्थ हुन म आग्रह गर्दछु ।

No comments:

Post a Comment

Blogger Widgets