Blogger Templates

रान्तिकारी अध्यक्ष हिमाल पुत्र सरल चिन फर्कने

काठमाडौं ४ साउन माओवादी अध्यक्ष प्रचण्डको निर्देशनपछि अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले छोरा सरललाई डाक्टरी पढ्न पुनः चीन फर्काउने भएका छन् । नेताका छोरा छोरी निजी विद्यालयमा नपढाउन आफूले सुरु गरको अभियानलाई सफल बनाउन हिमालले चीन सरकारको छात्रवृत्तिमा डाक्टरी पढ्न गएका छोरा सरललाई फिर्ता बोलाएका थिए
हिमालले राम्रो काम गरेको भनेर प्रसंसा छोराको भविष्य बिगारेको भनेर आलोचना भइरहँदा माओवादी अध्यक्ष प्रचण्डले मंगलबार हिमालसहितका क्रान्तिकारी पदाधिकारीलाई बोलाएर सरललाई जसरी पनि फिर्ता पठाउन निर्देशन दिएका छन् त्यसलगतै बुधबार बसेको क्रान्तिकारीको बैठकले पनि सरललाई फिर्ता पठाउन निर्देशन दिएपछि हिमालले आफ्नो निर्णय बदलेका हुन् । सरल भोलि राति ११ बजे चीन जाँदैछन
सरललाई कजेलमा पुनः पढ्ने वातावरण बनाउन माओवादीले चीनस्थित नेपाली दूतावासमार्फत व्यवस्था गरिसकेको जस अनुसार नेपाली दूतावासको पत्र लिएर गएपछि सरलले पुनः अध्ययन गर्न पाउने क्रान्तिकारीका अध्यक्ष हिमालले जानकारी दिए
छोरोलाई पुनः चीन पठाउन सहमत भएका हिमालले पार्टीको जारी केन्द्रीय समितिल नेताका छोरा छोरी निजी विद्यालयमा नपढाउनबारे निर्णय नगरे पदबाट राजीनामा दिने बताएका छन्

No comments:

Post a Comment

Blogger Widgets