Blogger Templates

अमेरिकामा भएको महायज्ञमा एकै दम्पत्तिले दिए ८० लाख रुपैयाँ दान

सात करोड पच्चिस लाख रुपैयाँ दान संकलन

लस एन्जल (अमेरिका) , अषाढ २७ - 

श्री पशुपतिनाथ फाउन्डेशन यू एस ए ले लस एन्जलसमा आयोजना गरेको श्रीमद भागवत महापुराण "सप्ताह महायज्ञ" सोमबार समापन भएको छ ।
पन्डित दीन्बन्धु पोख्रेलले वाचन गर्नुभएको महायज्ञ समापनको अन्तिम दिनमा नुवाकोट निवासी तथा हाल अमेरिकामा आफ्नो ब्यवसाय गर्दै आएका एकराज/नीरा पाण्डेले एक लाख एघार हजार एक सय एघार डलर (करिब असी लाख रुपैयाँ) दान गरेका छन् । प्रबासी नेपाली समाजको इतिहासमा यो नै आजसम्मको सबैभन्दा ठुलो सेवा दान हो ।
सामुदायिक केन्द्र, पशुपतिनाथ मन्दिर र बुद्ध स्तुपा निर्माण सहयोगार्थ आयोजित सप्ताह कार्यक्रममा दश लाख डलर (करिब सात करोड पच्चिस लाख रुपैयाँ) दान संकलन भएको छ ।
सात समुद्रपारिको परदेशमा प्रवासी नेपाली समुदायद्दारा आयोजित सर्बश्रेष्ठ यस महायज्ञको आज समापनको दिनमा मात्रै चार लाख डलर दान संकलन गरिएको थियो ।
बाचन शिरोमणी स्व नारायणप्रसाद पोख्रेलले सुरु गरेको 'भक्तिद्दारा समाज परिबर्तन' को अभियानलाई निरन्तरता दिदैं आका स्व पोख्रेलका पन्डित दीनबन्धु पोख्रेलको 'आध्यत्मको आधुनिक व्याख्या र युवा शक्तिप्रती जोड' सम्मिश्रणको जादुमय वाचन कला सुन्न कार्यक्रमको सातै दिन भक्तालुहरुको खचाखच भिडले होस्टेमा हैंसे गर्दै एक डलर देखि एक लाख डलर सम्मको दान उठाउन सफल भएको छ ।
 "अठार महिनाको स्थापनाको छोटो समयमै प्रबासी नेपाली समाजको इतिहासमा आश्चर्यजनक यस सप्ताह महायज्ञमा उपस्थित भक्तालुहरुको बल र सेवादानले छिट्टै सामुदायिक केन्द्रको आंगन, पशुपती मन्दिरको झझल्को मेटाउने मन्दिरको सपना छिट्टै पुरा हुने" भन्छन् गोरखा निवासी हाल लस एन्जलसमा रहेका फाउन्डेशनका कोशाध्यक्ष तथा महापुराण आयोजक समितिका संयोजक पुन्नाखर "ॠशि" ढकाल ।
"अनेकतामा एकता, सम्पुर्ण नेपाली समाजबिचको समझदारी र सद्भाब नै प्रबासी समाजको दायित्वबोध एबम कर्तब्य हो भन्ने भावनाका साथ सानो सपनाले शुरु भएको फाउन्डेशन आज दश लाख डलर दान जम्मा गर्न सफल भएको छ । " संयोजक ढकालले भने, "जहाँ रहे पनि एक हुने नेपाली मात्रको पहिचान र सहयोगमा एकरुपताको प्रतिबद्धताले अब हामी आफ्नै आंगनीमा सामुदायिक केन्द्र, मन्दिर र स्तुपा निर्माणको सुन्दर सपनाको सांचो बिपना नजिक पुगेका छौं ।"
समापन समारोहमा फाउन्डेशनका अध्यक्ष तथा समापन समारोहका सभाध्यक्ष भक्त थापाले निमन्त्रणा स्विकारी अमेरिका आएका बाचन प्रबिण दीनबन्धु पोख्रेललाई सम्मान पत्रले अभिनन्दन गरे ।
अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले फोन मार्फत यस एतिहासिक महायज्ञ, आयोजक समिति र बाचन प्रबिण पन्डित पोख्रेलप्रती आभार र धन्यबाद प्रकट गरे । भक्तालुहरुले आफ्ना स्व मातापिता, स्व दाजुभाईको सम्मानमा पचासौं हजार डलर सम्झना दान गरेका थिए ।
उपाध्यक्ष शिव अधिकारीको स्वागतबाट सुरु भएको कार्यक्रममा उपाध्यक्ष बासु घिमिरे, महासचिब प्रेम गुरागाइँ, सल्लाहकार बेदभक्त जोशी, उपाध्यक्ष गोकुल पौडेल, महान दाता एकराज पाण्डे लगायतले आ-आफ्ना मन्तन्य राखेका थिए ।

No comments:

Post a Comment

Blogger Widgets