Blogger Templates

दोलखामा छ जना तिब्बती पक्राउ

दोलखा, अषाढ २८ -
चीनसँग सीमा जोडिएको दोलखाको उत्तरी लामाबगर नाका हुँदै नेपाल प्रवेश गरेका ६ जना तीब्बती नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
उत्तरी क्षेत्रका तीनवटा प्रहरी चौकीको आँखा छल्दै उत्तरी क्षेत्रको व्यापारिक केन्द्र सिङ्गटी बजार आइपुगेका उनीहरूलाई इलाका प्रहरी कार्यालय सिङ्गटीको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा २० देखि ३० वर्ष उमेरका पुरुष रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका तिब्बती नागरिकलाई जिल्ला प्रहरी कार्यालय चरिकोट ल्याएर प्रक्रिया पु¥याई अध्यागमन विभागमा बुझाइने दोलखाका प्रहरी प्रमुख उमेशराज जोशीले जानकारी दिए ।
उत्तरी सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएपछि तिब्बती विगत केही समय यता तिब्बती नेपाल प्रवेश गर्ने क्रम रोकिएको थियो । आज पक्राउ परेकाहरू त्यसअघि नै नेपाल प्रवेश गरी नेपालीको शरण लिएर बसेको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ ।
तिब्बतीहरूलाई नेपाल प्रवेश गराउने काममा सीमा क्षेत्रका नेपालीहरूकै संलग्नता हुने गरेको बताइन्छ ।
प्रहरीले सोही आरोपमा यसअघि केही व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । तीब्बतीहरू नेपाल हुँदै भारतमा निर्वासित जीवन बिताइरहेका तीब्बती धार्मिक नेता दलाई लामालाई भेट्न जाने गरेको बताइएको छ । रासस

No comments:

Post a Comment

Blogger Widgets