
पत्रकार कुट्नेलाई जसले बचाउँछ, त्यो सच्चा एमाले हो। जसले आपराधिक औतार धारण गर्छ, त्यो सच्चा एमाले हो। र, जसले जण्ड डनको भेषमा कानुन हातमा लिएर उत्पात मच्चाउँछ, त्यो सच्चा एमाले हो। तर, डाक्टर ओलीले एउटा कुरा भन्न छुटाए। त्यो के हो भने जसले यस्ता पराक्रमहरू गर्छ, उसको स्रष्टा, पालक, रक्षक र मार्गदर्शक डाक्टरको दुर्लभ उपाधिधारी म केपी शर्मा ओली हुँ।
यो दिग्भ्रम, यो बेथिति, यो अराजकता र यस कोलाहलमा गुन्डाराजले हाकाहाकी विषाक्त फणा उठाउनु कुन अचम्मको कुरा हो र ? गुन्डा सहजै देखिन्छ, गुन्डा प्रस्टै चिनिन्छ, गुन्डा हाकाहाकी हुंकार गर्छ, गुन्डाको स्रष्टा, पालक र रक्षक कानसम्म मुख च्यातेर अट्टाहास गर्छ। तर, राज्य र सरकार आफ्ना नाकैअगाडिको गुन्डालाई छुन सक्दैनन्। विधि, नीति र मर्यादाको रट लगाएर कहिल्यै नथाक्ने दलहरू मौनप्राय: छन्। हुनलाई कामचलाउ संविधानमा विधिको शासन, कानुनको राज, स्वतन्त्र प्रेस र मानव अधिकारजस्ता अलंकारहरू लिपिबद्ध भएकै छन्। तर, गुन्डाहरूको बेलगाम क्रीडासामु यी सबै संज्ञाहरू फगत निष्प्राण र निस्तेज अक्षर बनेका छन्। दलहरू यति अनुत्तरदायी, राज्य यति लुलो, सरकार यति पंगु, प्रहरी यति फ्यान्तु र सञ्चार जगत् यति निरीह पहिले कहिल्यै भएको थिएन। यी सबै शक्ति र संस्थाहरूलाई हाल ठूला र साना गरी तीन थान डनले खग्रास ग्रहणले झैँ ग्रास गरेका छन्। खग्रासमार्गी यी महामहिमहरू हुन् : पर्शुराम बस्नेत, महेश बस्नेत र डाक्टर केपी शर्मा ओली।
केही समयअघि कार्टुनकलाका उस्ताद राजेश केसीको एउटा कार्टुन मेरा आँखामा परेको थियो। कार्टुनमा चरी नामक नामुद डन बल्खुदरबारको बुर्जामा घरज्वाइँको मुद्रामा गजक्क परेर बसेका थिए। र, केसीबाबुले कार्टुनको अन्तरकथा कहँदै ‘चरीको कहाँ छ घर ए साइँला रात काट्छ बल्खुमा बसेर’ भनी गाना गाएका थिए। छापा भन्छ : मुलुकका पाँच-सात थान छिप्पट डनले एमालेका ठूला नेताहरूका पोष्यपुत्र बन्ने सौभाग्य प्राप्त गरेका छन्। कोही प्रदीप नेपालका पोष्यपुत्र, कोही ईश्वर पोखरेलका र कोही डाक्टर केपी शर्मा ओलीका। यी उदार पिताश्रीहरू बेथिति र अराजकताका रचनाकाररूपी डनहरूलाई संरक्षण र दण्डहीनता प्रदान गर्दा हुन् र गुनको पैँचो तिर्दै डन महोदयहरू आफ्ना पिताश्रीहरूलाई गुन्डागर्दीको सेवा र रैरकमको मेवा प्रदान गर्दा हुन्। लोकका नजरमा मायावी भ्रम छर्न जनवादको सिउर भिर्न नछाडेको एमालेलाई धनवादी पार्टी त भनिएको थियो नै, अब भने यो डनवादमुखी पनि भएको छ। एमालेको यो अधोमुखी कायाकल्पका स्वनामधन्य योजनाशिल्पी हुन् : डाक्टर केपी शर्मा ओली। जहाँ डाक्टरीको गरमिामय उपाधिधारी ओली हुन्छन्, त्यहाँ जनवादको उदात्त आदर्श कुरूप धनवाद र भयकरी डनवादको रसातलमा भास्िसन बेरै लाग्दैन। नांगा आँखाले छर्लंगै देखियो त।
ताजा डन महात्म्यका कुरा गरुँ। मोरङमा पत्रकार खिलानाथ ढकाल कुटिए। कुटानकर्मका सिद्धहस्त योजनाकार एमालेका मोरङ युवा संघका नेताश्री पर्शुराम बस्नेत हुन् भनी प्रहरीछेउ किटानी जाहेरी ठेलियो। उजुरीको लिखतमा तिनमाथि नेपथ्यमा लुकेर खिलानाथको ज्यान मार्ने उद्योग गरेको बात लगाइयो। सूचना सुराकीहरूले पर्शुबाबुको अतीतको कथा रठि्ठो नबिराईकन उत्खनन गरे। र, लामो कथाशृंखलामा पर्शुजीको छविमा कुटान एवं लुटान कर्मका निर्विवाद हस्तीको पहिचान गजपले उजागर भयो। एमाले युवा संघका राष्ट्रिय जोदाहा श्री महेश बस्नेतले कमरेड पर्शु मेरा खल्तीमा सुरक्षित छन्, हुती भए यिनलाई पक्रेर देखाऊ भनी ध्वाँस जारी गरे।
गुन्डाहरूको बेलगाम क्रीडासामु यी सबै संज्ञाहरू फगत निष्प्राण र निस्तेज अक्षर बनेका छन्। दलहरू यति अनुत्तरदायी, राज्य यति लुलो, सरकार यति पंगु, प्रहरी यति फ्यान्तु र सञ्चार जगत् यति निरीह पहिले कहिल्यै भएको थिएन। यी सबै शक्ति र संस्थाहरूलाई हाल ठूला र साना गरी तीन थान डनले खग्रास ग्रहणले झैँ ग्रास गरेका छन्। खग्रासमार्गी यी महामहिमहरू हुन् : पर्शुराम बस्नेत, महेश बस्नेत र डाक्टर केपी शर्मा ओली।
प्रधानमन्त्री झलनाथ खनालले आँखा चिम्ले। गृहमन्त्री कृष्णबहादुर महरा ओइलाए। र, माथिका आदेशदाताहरूका अकर्मण्य मुद्रा देखेर तलका आदेशवाहक प्रहरीहरू तैँ चुप मै चुप भए। र, पर्शुबाबु पक्राउ परेनन्। ती त राज्य, सरकार, विधि, नीति र संहिताभन्दा कता हो कता माथि र कता हो कता बलिया पो देखिए। राज्यको शिर निहुरयिो, सरकार लत्रियो, विधि व्यर्थ सावित भयो, नीति निहुरमुन्टी न भयो र संहिता सोत्तर भयो। र, बस्नेत बन्धुहरूका कथनी र करनीको ऐनामा अन्धेर नगरीको गुन्डाराजको भयावह चित्र प्रतिविम्बित भयो।
गुन्डागर्दीको उन्मादी आगोमा घिउ थप्न डाक्टर केपी शर्मा ओली दिल्लीबाट फुत्त त्रिभुवन विमानस्थलमा अवतरति भए। यी डाक्टर जब आफ्नो परम्पि्रय दिल्ली धाममा आशीर्वाद थापेर स्वदेश फर्किन्छन्, यिनको बोली सदैव कडा हुन्छ। वास्तवमा यी बोल्दैनन्, गर्जन गर्छन्। यी शून्यमा सिँगौरी खेल्दै र डुक्रिँदै प्रकट हुन्छन्। नभन्दै यसपाला पनि त्यस्तै भयो। यिनले आरोपी पर्शुराम बस्नेतलाई सहर्ष काखी च्यापे। पर्शुरामलाई जोगाउने महेश बस्नेतलाई यिनले सगौरव स्याबासी दिए। र, भने : स्याबास् ! सच्चा एमाले भनेको यस्तो हो। ‘यस्तो’मा अन्तरनिहित अभिप्राय के हो भने जसले पत्रकारलाई कुट्छ, त्यो सच्चा एमाले हो। पत्रकार कुट्नेलाई जसले बचाउँछ, त्यो सच्चा एमाले हो। जसले आपराधिक औतार धारण गर्छ, त्यो सच्चा एमाले हो। र, जसले जण्ड डनको भेषमा कानुन हातमा लिएर उत्पात मच्चाउँछ, त्यो सच्चा एमाले हो। तर, डाक्टर ओलीले एउटा कुरा भन्न छुटाए। त्यो के हो भने जसले यस्ता पराक्रमहरू गर्छ, उसको स्रष्टा, पालक, रक्षक र मार्गदर्शक डाक्टरको दुर्लभ उपाधिधारी म केपी शर्मा ओली हुँ।
यो गुन्डा सिरयिलमा एमालेको चरत्रि र चर्तिकला बडो विचित्रको देखियो। कुटिने मसिनो एमाले, कुटाउने अलि ठूलो एमाले, कुटाउनेलाई बचाउने झनै ठूलो एमाले, कुटाउने र बचाउनेलाई मुक्तकण्ठले स्याबासी दिने उच्चस्तरीय एमाले। अनि, कसैले पत्रकारलाई कुट्यो भन्दैमा सिंगो एमालेलाई मुछ्न पाइँदैन भनी तुरुक्क आँसु झार्ने बुद्धिजीवी नाउँको एमाले। अनि, अपराधी जताका जसको जो भए पनि त्यसलाई न्यायको कठघरामा उभ्याइन कुनै कसर बाँकी राखिने छैन भनी हावादारी भाषण ठोक्ने र केही नगर्ने एमाले प्रधानमन्त्री। प्रश्न उठ्छ : प्रधानमन्त्री खनालको अकर्मण्यताको अर्थ के हो ? उनी डाक्टर केपी शर्मा ओलीझैँ आफ्नो पार्टीका गुन्डाहरूका मूक समर्थक हुन् कि पार्टीमा उनी फगत डाक्टर ओलीका लाचार छाया हुन् ?
डाक्टर ओली समकालीन राजनीतिका एक पात्र मात्र होइनन्, एक प्रवृत्तिका प्रतिनिधि पनि हुन्। यिनी सदासर्वदा मुखर, वाचाल र अडियल छन्। यी डाक्टरसाहेबप्रति मेरो विशेष आदरभाव छ। र, यसको ठोस कारण छ। ओली महोदयको आस्था र वचनमा म सदैव संगति देख्छु। उनी प्राय: कुरो फेर्दैनन्। उनको आवरणको रङ जस्तोसुकै होस्, विचार र आस्थामा उनी हकी र इमानदार दक्षिणपन्थी प्रतिक्रियावादी हुन्। यसको सबुत उनको कथनी र करनी हो, उनको सामाजिक उठबस र लेनदेन हो, उनका मित्रु र शत्रुका विचारको रङ हो। डाक्टर ओलीको निकट अतीतदेखि यताको राजनीतिक यात्राको कथा औधी रोचक छ। जब एमालेका विवेकी र आवेगी युवाहरूले सडकमा ओर्लिएर संगीनसामु गणतन्त्रका नारा लगाए, ओली सरले तिनलाई गिज्याए। उनले भने : तिम्रो गणतन्त्रको रटना गोरुगाढामा चढेर अमेरिका जानुजस्तै बेतुक कुरा हो। उनले यसरी अत्याचारी राजतन्त्रलाई घ्याप्प काँध थापे। पछि उनी उपप्रधानमन्त्री भए। रायमाझी आयोगको रपिोर्ट उनले अलिन्जेल कतै लुकाए। अनि, उपको हैसियतले फैसला सुनाए : रपिोर्टमा राजालाई कारबाही गर्ने कुरा छैन। यसो भने र उनले फेरीपनि रपिोर्ट लुकाए। आफ्ना इष्टदेवको बचाउ गर्नु आखिर इहलोकको धर्मै न हो। यो धर्ममा डाक्टर ओली उच्च दर्जामा उत्तीर्ण भए।
डाक्टर ओलीलाई सबैभन्दा मन नपर्ने कुरा लोकतान्त्रिक विधि हो। चुनाव विधिको एउटा माउ कडी हो। जब चुनाव हुन्छ, डाक्टर ओली ख्याँस्स हार्छन्। संविधानसभाको चुनावमा हारे, पार्टी अध्यक्षको चुनावमा हारे। र, आफूलाई हराउने चुनावबाट बनेको संविधानसभाप्रति उनमा भयंकर द्रोह जाग्यो। त्यसैले यस सभाको बध गर्न उनी सतत यत्नशील छन्। सके १४ भदौमा संविधानसभाको बधै गरिएला। लक्षणहरू शुभ छैनन्। जनादेशबाट बनेको विधिको जब बध हुन्छ, त्यसपछिको रक्तताबाट जन्मिने गुन्डाराजै हो। लाग्छ, त्यो राजप्रति डाक्टर ओलीमा ठूलै मोह छ। र नै दिल्लीबाट फर्केर उनले भने : अबको प्रधानमन्त्री पनि एमालेकै हुन्छ। उनले धृष्ट शैलीमा कटाक्ष गरे : संविधानसभामा प्रधानमन्त्री बन्नलायक पात्र को छ ? यहाँ डाक्टर ओलीले एउटा कुरा भन्न बाँकी राखे। त्यो के हो भने विधिको रक्ततामा हुने गुन्डाराजको प्रधानमन्त्रीको सुयोग्य उम्मेदवार म डाम्टर केपी शर्मा ओली हुँ र त्यो मै मात्र हुँ। कुरो गहिरो छ। अहिले डाक्टर ओलीले गुन्डागर्दीलाई खुलेआम काँध थापेको त्यसै होइन। यो गुन्डाराजको रहिर्सल हो।
नेपाल अजीवको देश हो। यहाँ कसैलाई कुनै अलंकार प्रदान गर्न कुनै आधार, युक्ति र औचित्य चाहिँदैन। प्रत्यक्ष उदाहरण हाम्रा नवोदित डाक्टर ओली हुन्। उनी एमालेका ‘प्रभावशाली’ नेता कहिन्छन्। सञ्चारमा यो ‘प्रभावशाली’ उनको थरैसरह भएको छ। जसको कुल योग्यता हार्नु, हार्नु र फेरीहार्नु मात्र हो, ऊ कसरी ‘प्रभावशाली’ भयो ? के डाक्टर ओलीलाई उटपट्याङ उखानटुक्का कथ्नमा ‘प्रभावशाली’ भनिएको हो ? उनी विचारका कुरा कहिल्यै गर्दैनन्। उनका मुखारविन्दबाट गणतन्त्र र संघीयताको उच्चारण कहिल्यै हुँदैन।
डाक्टर ओलीलाई सबैभन्दा मन नपर्ने कुरा लोकतान्त्रिक विधि हो। चुनाव विधिको एउटा माउ कडी हो। जब चुनाव हुन्छ, डाक्टर ओली ख्याँस्स हार्छन्। संविधानसभाको चुनावमा हारे, पार्टी अध्यक्षको चुनावमा हारे। र, आफूलाई हराउने चुनावबाट बनेको संविधानसभाप्रति उनमा भयंकर द्रोह जाग्यो। त्यसैले यस सभाको बध गर्न उनी सतत यत्नशील छन्। सके १४ भदौमा संविधानसभाको बधै गरिएला। लक्षणहरू शुभ छैनन्। जनादेशबाट बनेको विधिको जब बध हुन्छ, त्यसपछिको रक्तताबाट जन्मिने गुन्डाराजै हो। लाग्छ, त्यो राजप्रति डाक्टर ओलीमा ठूलै मोह छ। र नै दिल्लीबाट फर्केर उनले भने : अबको प्रधानमन्त्री पनि एमालेकै हुन्छ।
उनका वाणीमा प्रत्यक्ष वा परोक्ष रूपले उच्चारण हुने त केवल धनतन्त्र र डनतन्त्रै हो। यसपाला गजप भयो। गुन्डा प्रकरणमा डाक्टर ओलीको पहिचान सर्वांग खुलस्त भयो। तर, बरा एमालेलाई भने फसाद छ। ‘प्रभावशाली’ नेता डनमार्गी र प्रधानमन्त्री डनहरूका मूकदर्शक भएपछि एमालेको पहिचान अब के हुने हो ?
‘पर्शुराम बस्नेतलाई कारबाही गर, स्वतन्त्र प्रेस र मानव अधिकारको रक्षा गर’ भन्दै पत्रकारहरू सडक-सडकमा पसिना काडिरहेका छन्। तिनको यो माग अपूर्ण छ। भुरा माछालाई कारबाही गरेर सार्क माछालाई उन्मुक्ति दिनु भनेको सानालाई ऐन, ठूलालाई चैन भनेजस्तै हो। पर्शुराम भुराको भूमिकामा छन्, डाक्टर ओली सार्कको भूमिकामा। भन्नुपर्ने गाँठी कुरा त डनतन्त्रका पैरवीकार सार्कलाई समात पो हो। सके प्रधानमन्त्री खनाल र गृहमन्त्री महराले समात्लान्, नसके हामी पंगु हौँ भनेर गद्दी छाड्लान्। पंगु हुन पाइन्छ। तर, डनतन्त्रसामु पंगु प्रमाणित भइसकेर पनि किर्नोझैँ शासनको आसनमा टाँसिइरहन पाइँदैन।
No comments:
Post a Comment