रुकुम, साउन १३ ।
कार्यालयभित्रै रक्सी खाएका रुकुमका दुई सरकारी कार्यालयका अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला मालपोत कार्यालयका निमित्त प्रमुख नविन खड्का र नायब सुब्बा गोरखबहादुर खड्कालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको हो । कार्यालय प्रमुखको कार्यकक्षमै बसेर मदिरा सेवन गर्ने मालपोत कार्यालय रुकुमका निमित्त प्रमुखसहित दुई कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो । मदिरा सेवन गरेको भेटेपछि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीको आदेशमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
सेवाग्रहीले जिल्ला प्रशासनमा मौखिक गुनासो गरेपछि पक्राउ गरिएको प्रहरी निरीक्षक किशोर श्रेष्ठले बताए । ती अधिकृतहरुले पटक पटक कार्यालय समयमै मदिरा सेवन गर्ने गरेको सेवाग्रहीहरुले गुनासो गर्दै आएका थिए । दुबै कर्मचारीले एक महिनाअघि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसंग फेरि मदिरा नखाने भन्दै माफी समेत मागेको कर्मचारीहरुले बताएका छन् । कार्यालयका कर्मचारीहरुका अनुसार निमित्त प्रमुखले एक सेवाग्रहीलाई जग्गा पास गरेदिए बापत घुस खुवाउन भनेपछि सेवाग्रहीले नै मदिरा ल्याएका थिए ।
कार्यालयभित्रै रक्सी खाएका रुकुमका दुई सरकारी कार्यालयका अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला मालपोत कार्यालयका निमित्त प्रमुख नविन खड्का र नायब सुब्बा गोरखबहादुर खड्कालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको हो । कार्यालय प्रमुखको कार्यकक्षमै बसेर मदिरा सेवन गर्ने मालपोत कार्यालय रुकुमका निमित्त प्रमुखसहित दुई कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो । मदिरा सेवन गरेको भेटेपछि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीको आदेशमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
No comments:
Post a Comment