७ श्रावन २०६७
चरिकोटमा आज बिहान एउटा कारमा एक्कासी आगलागी भएको छ । चरिकोटबाट काठमाडौं आउँदै गरेको बा ५ प १८८४ नम्बरको कार पूर्णरुपमा जलेको भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । गुडिरहेको कारको पेट्रोलपाइप लिक भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
काठमाडौं महानगरपालिका-१४ कुलेश्वरका ओजश्वी भट्टराई लुईंटेलको नाममा दर्ता रहेको कारका चालक लोकप्रसाद भट्टराईलाई अनुसन्धाका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ
No comments:
Post a Comment