![]() |
दोलखा तामाकोशी जोखिम पूर्ण काठे साँगु |
- दोलखाको गौरीशंकरको रिकु र लामाबगर जोड्ने रोल्वालिङ खोलाको तुइन चुडिँदा आमाछोरीलाई खोलाले बगाएको छ। बन्दना खड्काले डेढ वर्षकी छोरी काँधमा राखेर नदी तर्दै गर्दा तुइँनको बक्सा रोल्वालिङमा खसेको प्रहरीले जनाएको छ। ११:५० देखि हराइरहेका उनीहरुको अवस्था अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। वर्षाका कारण बुधबार रोल्वालिङ नदीमा पानीको बहाव बढेको छ।
घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ।
यसअघि धादिङको ज्यामिरेघाटबाट गोरखाको घ्यालचोक जोड्ने तुइन चुडिँदा त्रिशुली नदीमा पाँच जना बेपत्ता भएका थिए।
No comments:
Post a Comment