Blogger Templates

अवैधानिक विदेशी कमदारलाई बैधानिक बनाउने प्रकृया जुलाई ११ बाट शुरु

नेपाली राजदूतावास
क्वालालम्पुर, मलेशिया
असार २२, २०६८
नेपाली राजदूतावास, मलेशियाको
अत्यन्त जरुरी सूचना
यही जुलाई ११, २०११ देखि शुरु हुने अवैधानिक विदेशी कामदारहरुलाई वैधानिक बनाई काममा लगाउने वा घर र्फकने अवसर दिने कार्यक्रममा सहभागी हुन सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुलाई बेलाबेलामा यस राजदूतावासले विभिन्न माध्यमबाट जानकारी दिने कार्य गरिरहेकै छ । यो प्रकृयालाई मलेशियन सरकारले टए को नाम दिएको छ । यो औंठा छाप लगाई दर्ता हुने प्रकृयामा सामेल हुंदा सकभर आफ्नो नजिकको अध्यागमन -इमिग्रेशन) कार्यालयमा गई दर्ता गर्ने र त्यहां नभएको अवस्थामा मात्र मलेशियन सरकारले आधिकारिक रुपमा नियुक्त गरेको नजिकको प्रतिनिधि कम्पनीमा गएर दर्ता गराउनु पर्नेछ । घर र्फकन चाहने नेपाली दाजुभाई तथा दिदीवहिनीहरुका लागि हवाई टिकट, राहदानी वा यात्रा अनुमति पत्र -ट्राभल डकुमेन्ट) चाहिने र मलेशियामै बसी काम गर्न चाहनेका हकमा आफु काम गरिरहेको रोजगारदाताको सहयोगमा दर्ता गर्ने, अन्यथा आफैंले दर्ता गर्ने, दर्ता गरेको निस्सा -प्रमाण) जतनसाथ राख्ने अनि आफैंले काम खोज्नुपर्नेछ । यो प्रमाण ३ महिनाका लागि मान्य हुन्छ र यो मलेशियामा काम गर्ने अस्थायी स्वीकृति पनि हो । दर्ता प्रकृयामा सामेल भएदेखि घर नफर्केसम्म वा यहिं वैधानिक हुने प्रकृया नटुंगिएसम्म कुनै पनि कानूनी कारवाही नहुने हुंदा निर्धक्कसाथ सो प्रकृयामा सामेल हुन अनुरोध गरिन्छ । यो प्रकृयामा छुट हुनेका हकमा मलेशियन सरकारले कडा कानूनी कारवाही गर्ने भएको व्यहोरा समेत सूचित गरिन्छ ।
मलेशियामै वसी काम गर्न इच्छुक नेपाली दाजुभाई तथा दिदीवहिनीहरुले रोजगारदाता कम्पनीको आधिकारिक प्रतिनिधि सहित नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, पुरानो राहदानीको प्रति र नयां रोजगार सम्झौता पत्र तथा वीमा गरेको सक्कल कागजातका साथमा राजदूतावासमा आई नेपाली राहदानीका लागि आवेदन गर्नुपर्नेछ । स्वीकृत आवेदनहरु राहदानी वनाउनका लागि काठमाण्डौ पठाइने र सकभर चांडो यस राजदूतावासले राहदानी उपलव्ध गराउन प्रयास गर्नेछ । रोजगार सम्झौता पत्र लगायत आवश्यक आधिकारिक कागजात यस राजदूतावासको वेवसाइट www.nepalembassy.com.my www.nepalembassy.com.my बाट डाउनलोड गर्न सकिनेछ । थप जानकारीका लागि यस राजदूतावासका निम्न फोन नम्वरहरुमा सम्पर्क गर्न सकिनेछः
फोन नं. 006 03 2164 5934/9653 फ्याक्स नं. 006 03 2164 8659
इमेलः info@nepalembassy.com.my
क्वालालम्पुर
असार २२, २०६८
-जुलाई ६, २०११)

No comments:

Post a Comment

Blogger Widgets