![]() |
| WORLD FIRST HOTEL GENTING HIGHLAND |

गेन्टिङ् हाईल्याण्ड
बिश्व मा प्रत्येक देशहरुमा आफ्नै आफ्नै पहिचान हरुले संसार लाई चिनाई रहेको हुन्छ कुनै प्रकृति सौदर्यता ले भारी पूर्ण हुन्छ । भने कतिपय त्यही प्रकृति लाई चुनौती दिदै कृतिम माध्यम बाट भएपनि समय र जन आकांशा अनुशार मुलुक लाई परिबर्तन गरि चिनाइ रहेको हुन्छ ।
त्यस्तै मलेशिया मा पनि त्यति धेरै प्रकृति छट्टाह ले भरिपूर्ण र सुसन्जित ठाउँ हरु नभए पनि बिश्वब्यापार बजार लाई चुनौती दिदै पर्यटकिए रमणीय स्थल हरुको बिकास गरि आफ्नो आर्थिक गतिविधिलाई तिब्रता दिई रहेको छ । त्यही अनुसार यो गेन्टिङ् हाईल्याण्ड पनि एउटा रमणीय स्थालको रुपमा संसार लाई चिनाउन सफल एउटा पर्यटकीए ठाउँ हो यो समुन्द्री सतह बाट जम्मा (२००० मिटर) धेरै अग्लो ठाउँमा नभए पनि मलेशिया को भैगोलिक दृष्टि कोण लाई मध्ये नजर गरेर हेर्ने हो भने यसलाई एकदम अग्लो भूभाग को रुपमा लिन सकिन्छ यहाँ धेरै जाडो हुने भएकोले विशेसत घुम्न आउने आन्तरिक वा बाह्रय पर्यटक हरुले बाक्लो लुगा लगाउने गर्छन । बिश्व को सुबिधा सम्पन्न होटल First World Hotel सम्म पुग्नको लागि गेन्टिङ बस स्टेसन बाट केबुल कारको सुबिधा छ यसको लम्बाई ३.३८ किलोमिटर छ र करिब १५ मिनेट को यात्रा पछी माथि गेन्टिङ होटल सम्म पुग्न सकिन्छ यहाँ बाट धेरै टाढा टाढा सम्मको दृश्य हरु देख्न सकिन्छ । घुम्ने ठाउँ र खेल्ने ठाउँ ले भरिपूर्ण यो स्थान मलेशिया को नै एउटा महत्व बोकेको छ ।






No comments:
Post a Comment