अब जनता जुट्नु पर्छ ! हाम्रो धैर्यता टुट्नुपर्छ अनि बन्न सक्छ शान्ति र संबिधान !!
यौन काण्ड, घुस लेनदेन तथा भ्रस्टाचार काण्ड, रातोपासपोर्ट काण्ड, बिद्युत चोरी काण्ड, दुर्ब्यबहार काण्ड, जस्ता काण्डै काण्डका नाइके हरु, करोडौं तलब भत्ता र सुबिधा पचाउने तर संबिधान नलेख्ने नालायक ६०१ सभासदलाई फेरी एक बर्ष पाल्नु पर्ने भयो, कठै नेपाली जनता तिमीहरुको धैर्यतालाई के भनेर सम्बोधन गरौं अब ?! यती हुँदा पनि नेपाली जनता अझै सहेर बस्छन बा ! सुत अझै सुत, तिमीहरु लाई न लोडसेडिङले छुन्छ, न त महंगीले केही फरक पर्छ, नत लुटपात, हत्या आतंक, बलात्कार ले केही फरक पर्छ मान्नै पर्छ नेपाली जनताको मौनतालाई, त्यसैले त नेपाली बिन लादेनहरु नेपालका नेता, मन्त्री, हर्ताकर्ता भएका छन होइन र !!!
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment