कौतुहलता उठाउने इशा मण्डप बातुकेभ
गजधम्म आकाश भित्र हनुमानजी झोक्रिएका !
प्रकृतिको कोटी कोटी लतिका र आचलभित्र
सौदर्यले भरिपूर्ण कलाकौशल फक्रिएका !!
चमेरोको चित्कार संगै गुफा जस्ता दुलाहरू !
चमेरोको चित्कार संगै गुफा जस्ता दुलाहरू !
बिचित्रको अनौठो त्यो देबगन भेषका हुलहरु !!
बिपनाको संसारजस्तो आत्मबिहिन दृश्यहरु !
बिपनाको संसारजस्तो आत्मबिहिन दृश्यहरु !
रामायणको चित्रण त्यो गुरुचेला शिष्यहरू !!
हिमागीरिको पसिना झै थोपा थोपा रसाउदै
स्वोर्ग तुल्य पहाड भित्र जलाशय सुसाएका !
प्रकितिको कोटी कोटी लतिका र आंचल भित्र
सौदार्यले भरिपूर्ण कलाकौशल फक्रिएका !!
समाप्त
बातुकेभ मा रहेको सुन्दर हिन्दु मूर्ति
No comments:
Post a Comment