Blogger Templates

प्रधानमन्त्रीले कार्यकर्तालाई २५ लाख बाँडे

काठमाडौं, अषाढ २४ - प्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी एमालेका नेता तथा कार्यकर्तालाई २५ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेका छन् । खनालले प्रधानमन्त्री भएको पाँच महिनामा उक्त सहयोग वितरण गरेका हुन् ।
खनालले आफ्नो तजबिजीमा प्रधानमन्त्री सहायता कोषबाट आफ्ना १० हजारदेखि ७५ हजारसम्म वितरण गरेको स्रोतहरूले बताए । हैसियत भएका केन्द्रीय तथा जिल्ला नेतालाई ७५ हजार रुपैयाँ र अरू सामान्य कार्यकर्तालाई १० हजार दिने गरिएको छ ।
पार्टी कार्यकर्ताले स्वास्थ्योपचार गराउन नसकेको भन्दै आर्थिक सहायता माग्ने गरेका छन् । स्रोतअनुसार आर्थिक सहायता पाउनेमा एमालेका नेता तथा कार्यकर्तामात्र छन् ।
खनालले आर्थिक सहायता वितरण गर्ने अख्तियारी आफ्ना प्रमुख स्वकीय सचिव दीपकचन्द्र अमात्यलाई दिएका छन् । प्रधानमन्त्रीको आदेशमा अमात्यले सहायता रकमको अंक तोकी तोक लगाएर वितरण गर्ने गरेका छन् । मन्त्रिपरिषद् सचिवालयका एक अधिकारीले प्रधानमन्त्री कार्यालयमा आर्थिक सहायता लिन आउने कार्यकर्ताको भीड लाग्ने गरेको जानकारी दिए ।
प्रधानमन्त्री कार्यालयले स्वास्थ्योपचारको खर्चको बिलसहितको निवेदन हेरेरमात्र सहायता वितरण गर्ने गरेको छ । यसअघिका प्रधानमन्त्रीले एउटा खेस्रा निवेदनका भरमा मात्र आर्थिक सहायता वितरण गर्थे ।
तत्कालीन प्रधानमन्त्री नेपालले यसै आर्थिक वर्षको साउनदेखि माघ १९ सम्ममा ४८ लाख र अघिल्लो आर्थिक वर्षमा ८० लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेका थिए ।

No comments:

Post a Comment

Blogger Widgets