Blogger Templates

प्रचण्ड का सामु झलनाथ झुके /‘सपथ ग्रहण गराउने प्रधानमन्त्रीको विशेषाधिकार’

काठमाडौं , साउन १५
प्रधानमन्त्री झलनाथ खानलले मन्त्रीको सपथ गराउने नगराउने कुरा प्रधानमन्त्रीको विशेषाधिकार भएको स्पष्ट पारेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा पत्रकार सम्मेलन गर्दै प्रधानमनत्री खनालले मन्त्रीको सपथ गराउने नगराउने एमाले पाटीको निर्देशन र चासो भन्दा पनि प्रधानमन्त्रीको विशेषाधिकार भएको बताएका हुन् । त्यसबारे उचीत निणय आफैंले गर्ने उनको भनाई छ ।
सत्ता साझेदार प्रमुख दल एकीकृत नेकपा माओवादीले आफ्ना तर्फबाट सरकारमा सहभागि गराउने मन्त्रीहरुको हेरफेर गर्ने निर्णय गरेपछि प्रधानमन्त्रीले सपथ ग्रहण गराउन नमानेका भनेर भइरहेको प्रचारप्रति आपत्ति प्रकट गर्दै प्रधानमन्त्रीले अहिले शान्ति र संविधानप्रतिको प्रतिवद्धतामा आफ्नो धेरै चासो भएको बताए । उनले माओवादी अध्यक्ष प्रचण्डले पत्रकार सम्मलेन गरी शान्ति र संविधानप्रति प्रतिवद्धता र सेना समायोजनको संख्या मोडालिटी दर्जा पुनस्र्थापना प्याकेजबारे दिएको प्रतिकि्रयाले स्थिति सकारात्मक भएको धारणा व्यक्त गरे । उनले सरकार पुनर्गठन भन्दा पनि शान्ति र संविधान आफ्नो प्राथमीकतामा रहेको बताए ।
माओवादीले आफुले पठाएका मन्त्रीहरुको सपथ ग्रहण नगराए आफुहरुले सरकारलाई दिएको सर्थन समेत फिर्ता लिने चेतावनी दिएर वर्तमान सबै मन्त्रीहरुबाट राजीनामा आइसकेको छ । यस्तो अवस्थामा प्रधानमनत्रीले गर्न लाग्नुभएको पत्रकार सम्मेलन सबैको चासोको विषय बनेको छ ।
प्रधानमन्त्रीले राष्ट्रिय सहमति निर्माण भएमा आफु जतिवेला पनि राजीनामा दिन तयार भएको पनि दोहोर् याए ।
प्रधानमन्त्री खनालले माओवादीले सबै मन्त्रीको सामुहिक राजीनामा फिर्ता लिएर नयाँलाई सपथ ग्रहण गराउने अनुकुल वातावरण बनाउन माओवादीलाई आग्रह गरे ।

No comments:

Post a Comment

Blogger Widgets