काठमाडौं, श्रावण १४ -
एमाले केन्द्रीय सदस्य भीम रावलले पार्टी निर्णय विपरीत पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री झलनाथ खनालले माओवादी मन्त्रीहरुको शपथ गराए कारबाही गर्ने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लवको साक्षात्कारमा शनिबार नेता रावलले मुलुकको अप्ठ्यारो अवस्थामा रहेको र सहमति कायम गरेर अगाडि बढ्नु पर्ने बेलामा मन्त्रिपरिषद पुनर्गठनले सहमतिलाई बाधा गर्ने भन्दै कुनै पनि हालतमा शपथ नहुने बरु प्रधानमन्त्रीले राजीनामा दिएर सहमतिको लागि मार्ग प्रशस्त गर्ने स्पष्ट पारे ।
अहिले मन्त्रिपरिषद् पुनर्गठनभन्दा पनि शान्ति र संविधान निर्माणको कार्य अगाडि बढाएर माओवादीले सरकारको नेतृत्व गर्नु पर्नेमा जोड दिंदै पूर्व गृहमन्त्रीसमेत रहेका रावलले शान्ति प्रक्रिया अगाडि नबढेसम्म माओवादीले कुनै पनि हालतमा सरकारको नेतृत्व गर्न नसक्ने ठोकुवा गरे ।
रावलले शान्ति प्रक्रिया अगाडि बढ्ने भरपर्दो आधार नभई मन्त्रिपरिषद हेरफेर हुनै नसक्ने बताए । उनले पाँच बुँदे सहमति कार्यान्वयनको मुद्दा अहिले मुलुकको लागि आवश्यक भएको भन्दै सरकार विस्तारको कुरा अनावश्यक विषय भएको दाबी गरे ।
No comments:
Post a Comment