Blogger Templates

प्रचण्डको पक्षमा बहुमत सदस्य भएपछि उपाध्यक्ष किरणको अनुरोधमा बैठक स्थगित

काठामाडौं असार २९
आज बस्ने भनिएको एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक उपाध्यक्ष मोहन बैद्य ‘किरण’को बिशेष अनुरोधमा स्थगन भएको छ । माओवादी अध्यक्षका बिरुद्ध बहुमतको कसरतमा विभिन्न गुटहरुसँग भेला र बैठक गरेका बैद्यले आज बिहानै अध्यक्ष प्रचण्डलाई भेटी आजलाई बैठक स्थगित गरिदिन अनुरोध गरेको स्रोतले जनाएको छ ।
बिशेष स्रोतमार्फत प्राप्त जानकारी अनुसार माओवादी अध्यक्ष प्रचण्डका बिरुद्ध बहुमत केन्द्रीय सदस्यहरुलाई जुटाउन नसकेपछि बैद्यले बैठक केही दिनकालागि सार्न अनुरोध गरेका हुन् । अध्यक्ष प्रचण्डलाई एक्ल्याएर सबै जिम्मेबारीबाट च्युत गर्ने योजनामा रहेका बैद्य-भट्टराई गुटले माओवादी केही शीर्ष नेताहरुलाई पदको भागबण्डा गरी आफ्नो पद बाँडफाँडको योजनामा सहमत गराएपनि केन्द्रीय सदस्यहरुमा भने बहुमत पुर्‍याउन नसकेपछि यो नयाँ चाल रचिएको बताईएको छ ।
स्मरण रहोस् हिजो उक्त गेटको भएका विभिन्न चरणको गोप्य भेलाहरुबाट बहुमत केन्द्रीय सदस्यहरुलाई आफ्नो पक्षमा लिने र यदि अध्यक्षले आफुहरुले भने अनुसार नगरे आजको बैठक बहिस्कार गर्ने निर्णय गरेका थिए । तर बहुमत केन्द्रीय सदस्यहरु अध्यक्ष प्रचण्डको पक्षमा भएपछि थप छलफल र गृहकार्यकालागि भन्दै बैठक स्थगन गर्न अनुरोध गरेको बुझिएको छ ।

No comments:

Post a Comment

Blogger Widgets