Blogger Templates

विश्वकप खेल्न नेपाली टोली अन्तिम तयारीमा

४ साउन, काठमाडौ । विश्वकप फुटबलको एशियन क्वालिफाएर अन्र्तगत दोस्रो चरणको खेलमा जोर्डन विरुद्ध भिड्नका लागी नेपाली टिम आफनो अन्तिम तयारीमा ब्यस्त छ ।
नेपालले पहिलो पटक विश्वकप छनौटको दोस्रो चरणमा प्रवेश गरेको नेपालले तेस्रो चरण प्रवेशका लागी बलियो प्रतिद्धन्दी जोर्डनको सामना गर्न लागेको हो ।
जोर्डन बिरुद्ध खेल खेल्ने तयारीमा रहेको राष्ट्रिय फुटबल टोलीले आज आफनो अन्तिम प्रशिक्षण ग¥यो । नेपालले पहिलो लेगको खेल जोर्डनमा खेल्नेछ भने दोस्रो लेगको खेल दशरथ रंगशालामा नै खेल्ने कार्यक्रम रहेको छ ।
नेपाली खेलाडीहरुलाई व्रिटिश प्रशिक्षक ग्राह्म रोबट्सले प्रशिक्षण दिइरहेका छन् ।
नेपाल र जोर्डनविच अहिले सम्म फुटबल मैदानमा एक पटक पनि आमने—सामने भएका छैनन् । फिफा वरियता क्रममा जोर्डन ८४ औ स्थानमा रहेको छ ।  नेपाल १ सय ४७ औ स्थानमा छ ।
नेपालले एशियन क्वालिफाइङ अन्र्तगत पहिलो चरणको खेलमा इस्टटिमोरलाई पराजित गर्दै दोस्रो चरणमा स्थान पक्का बनाएको हो । नेपाली फुटबल टोली भालि जोर्डन प्रस्थान गर्दैछ ।

No comments:

Post a Comment

Blogger Widgets