
मेरो ३७ महिने जेल वसाईको क्रममा चितवन जिल्ला हिरासत, चितवन कारागार , काठमाडौं हनुमानढोका हिरासत देखी काठमाडौं नयाँ वानेश्वर प्रहरी वृत्तको हिरासतसम्म आईपुग्दा असाध्यै कष्टपूर्ण जीवन बिताए । नेपालमा जम्मा कारागार क्षमता ६ हजार रहेकोमा हाल कैदी, वन्दी ११ हजार छन् झण्डै आधा भन्दा वढी संख्या ।
कारागार क्षमता भन्दा वढी रहेका अधिकांश कारागारमा ठाउँको अभावले पालो गरेर सुत्नु पर्ने, खानेपानी समेत नभएको स्थितिमा सरसफाई र नुहाउने पानी र शौचालयको पूर्ण रूपमा अभाव रहेको छ । कारागार भवन जीर्ण अवस्थामा रहेका छन् । कारागारको सुरक्षा प्रशासन कमजोर र आन्तरिक प्रशासन असाध्यै निरंकुश भएकाले जेल एउटा सुधार गृहका रूपमा नभएर यातना गृहका रूपमा रहेको अवस्था मैले पाएँ । लामो समय राजनीतिक नेताहरू जेल जीवन विताएका भए पनि हालसम्म जेललाई सुधारगृहका रूपमा विकास गर्न नसक्नु एउटा चुनौति हो भन्ने मलाई लागेको छ ।
तपाईले जेलमा जादाको पार्टी र र्फकदाको पार्टीमा फरक के देख्नु भयो ?
म जेलमा जाँदा पार्टीको आन्तरिक अवस्था मजवुत थियो । १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको माध्यायमवाट शान्ति प्रक्रियामा प्रवेश गरे पश्चात संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा , राजतन्त्रको अन्त्य, धर्मनिरपेक्ष राज्य घोषणा, संविधान सभाको निर्वाचन, जस्ता महत्वपूर्ण उपलव्धी हासिल गदै संविधान सभाको निर्वाचनवाट सवैभन्दा ठूलो शक्तिका रूपमा सावित हुन पुगेको अवस्था थियो ।
दशबर्षे जनयुद्धको क्रममा अध्यक्ष क.प्रचण्डको कुशल नेतृत्व र उपाध्क्षद्वय मोहन वैद्य ‘किरण’ र डा.वावुराम भट्टराईको महत्वपूर्ण भूमिकाबाट नै आज नेपाली क्रान्ति विकासको यो उचाईसम्म आउन सफल भएको हो भन्ने कुरामा कुनै दुविधा छैन । त्यसैले उहाँहरू तीनै जना मध्ये एकको अभावमा बाँकी नेपाली क्रान्तिको अभिभारा पूरा हुन सक्दैन भन्ने कुरा क्रान्तिका नायकहरू तीनै जनाले महान सहिदहरूको रगतलाई आत्मसाथ गरेर बुझ्न जरुरी छ भन्ने मलाई लागेको छ ।आज म तीन वर्ष एक महिना जेल जीवन विताएर फर्कदा पार्टीको आन्तरिक अवस्था पहिलाको जस्तो मजवुत पाईन । पार्टी भित्रको अन्तरसघंर्ष अव्यवस्थित, अमर्यादित र छरपष्ट ढंगले गुट-उपगुटमा विभाजित भएको मैले महसुस गरे । पार्टीको आन्तरिक अवस्था बलियो नभएसम्म बाहृय कुनै पनि शक्तिसँग विजय हाँसिल गर्न सकिदैन । पार्टी भित्रको अन्तरसंघर्षको यो स्थिति देख्दा जेल बसाईको दर्दनाक पीडाभन्दा भयानक पीडाको अनुभूति आज मैले गर्न पुगेको छु । यद्यपी आधिकारिक रूपमा अन्तरसंघर्षबारे नेतृत्वपक्तिसँग मेरो छलफल भईसकेको अवस्था भने छैन ।
त्यसो भए के भन्नुहुन्छ पार्टी र पार्टीका नेताहरूलाई ?
म पार्टीका नेताहरूलाई के भन्न चाहान्छु भने टुट-फुटका र गुट-उपगुटका कुरा गरेर कसैले पनि जनयुद्ध र जनआन्दोलनको उपलब्धि रक्षा गर्न सक्दैन । यदी जनयुद्धको जगमा उभिएर क्रान्ति सम्पन्न गर्ने हो भने पार्टी अन्तरसंघर्षलाई एकता संघर्ष र रूपान्तरणको बैज्ञानिक विधि अनुरूप विचारको बहसलाई अनुशासित र व्यवस्थित पार्दै एकरूपता कायम गर्न जरुरी छ ।
दशबर्षे जनयुद्धको क्रममा अध्यक्ष क.प्रचण्डको कुशल नेतृत्व र उपाध्क्षद्वय मोहन वैद्य ‘किरण’ र डा.वावुराम भट्टराईको महत्वपूर्ण भूमिकाबाट नै आज नेपाली क्रान्ति विकासको यो उचाईसम्म आउन सफल भएको हो भन्ने कुरामा कुनै दुविधा छैन । त्यसैले उहाँहरू तीनै जना मध्ये एकको अभावमा बाँकी नेपाली क्रान्तिको अभिभारा पूरा हुन सक्दैन भन्ने कुरा क्रान्तिका नायकहरू तीनै जनाले महान सहिदहरूको रगतलाई आत्मसाथ गरेर बुझ्न जरुरी छ भन्ने मलाई लागेको छ ।
तपाई त्यत्रो त्याग गरेको मान्छे ,नेताले त्याग नगरेको जस्तो लाग्दैन ?
हाम्रो नेताहरूले त्याग नै नगरेको जस्तो त मलाई लाग्दैन । समय परिस्थिति ,जिम्मेवारी र आवश्यकतानुसार सवै नेता ,कार्यकर्ताले आ-आÏनो ठाउँमा त्याग गर्ने कुरा हो । त्यसैअनुरूप १० वर्षे जनयुद्धको क्रममा मैले आÏनो ठाउँबाट त्याग गरेको थिएँ । र हाम्रो पार्टी शान्ति प्रक्रियामा प्रवेश गरिसकेपछि पनि पार्टीको आवश्यकता अनुसार मैले त्याग गरेको छु निरन्तर गरिनैरहने छु । त्याग गर्ने क्रममा को कति कहाँ चुके भन्ने कुराको मूल्याङ्कन इतिहासले नै गर्ने छ ।
पार्टी केन्द्रको वैठक बस्दै छ , के निर्णय गरोस् भन्ने चाहनु हुन्छ ?
दश वर्षे जनयुद्धको र १९ दिने जनआन्दोलनको उपलव्धिको जगमा टेकेर सैद्धान्तिक, वैचारिक स्पष्टताका साथ एकरूपता कायम गर्दै क्रान्तिको सफलताको अन्तिम विन्दु सम्म पार्टी एक ढिक्का भएर निरन्तर क्रान्तिको दिशामा अगाडि बढिरहन क्रान्तिकारी कार्यदिशा निमार्ण गर्न सफल रहोस साथै पार्टीको अन्तरसघर्षमां विजय हासिल गरी यो केन्द्रीय समितिको ऐतिहासिक वैठक कोसेढुङ्गा सावित होस भन्ने चाहन्छु ।
No comments:
Post a Comment