रचनाकार:दिल कुमार तमाङ् “भाबुक“
पुरानो पहिरन फेरिए झै
शरीर हरु फेर्दै जालान !!
बिजयको संसारमा झै
आत्माहरु खुशी होलान !!
कोहि धनै धनको रासमा पहाडको छाती फोर्दै !!
अझै चुचुरो चुम्न खोज्दै !!
कोहि अर्काको आशै आशमा अझै चुचुरो चुम्न खोज्दै !!
दुई दिनको जिन्दगी यो
कहाँ लामो आयू छ र !!
बाचुन जेलको बिबिधता
मरे लानु के नै छ र !!
समाप्त
No comments:
Post a Comment